Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाँसबारी जग्गा प्रकरणः पक्राउ पर्नेको संख्या तीन पुग्यो

बाँसबारी जग्गा प्रकरणः पक्राउ पर्नेको संख्या तीन पुग्यो

  • बिहिवार, माघ १८ २०८०

  • 1.3K
    SHARES

  • बाँसबारी जग्गा प्रकरणः पक्राउ पर्नेको संख्या तीन पुग्यो

    काठमाडौं। बाँसबारी जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आज ३ जनालाई पक्राउ गरेको हो।

    सिआईबीले चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापापछी आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो।

    महोत्तरीका ठाकुर बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    यस्तै थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए।

    सीआईबीले उक्त प्रकरणको अनुसन्धान गर्न तीन महिना अगाडि एसपी होविन्द्र बोगटीको नेतृत्वमा गठन गरेको कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरिएको जनाएको छ।


    बिहिवार, माघ १८ २०८००४:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij