काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदरबार हत्याकाण्डबारे विचार नपु¥याई बोलेको आरोप लगाउनु भएको छ।
समाजवादी पत्रकार संघ धनुषाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफुसँग कुनै छलफल नै नगरी हत्याकाण्डबारे अनुसन्धान गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो।
अध्यक्ष नेपालले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताउनुभयो।
तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोईरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उहाँले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्नेकुरा गरेको भन्दै आपत्ति जानाउनुभयो ।
नेपालले हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उहाँसँग बुझ्ने बताउनुभयो।