काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको आरोप लगाउनु भएको छ।
आज सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको आरोप लगाउनु भएको हो ।
गठबन्धन सरकार बन्ने वित्तिकै विकास सबै योजना काटिएको भन्दै अध्यक्ष ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाउनुभयो। ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको टिप्पणी गर्नुभयो।
देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका उहाँको टिप्पणी थियो।
उहाँले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताउँदै देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको दाबी गर्नुभयो।