Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजार २ हजारको बिन्दुमा झर्यो

शेयर बजार २ हजारको बिन्दुमा झर्यो

  • बुधवार, माघ १७ २०८०

  • 775
    SHARES

  • शेयर बजार २ हजारको बिन्दुमा झर्यो

    काठमाडौं । तीन दिनसम्म बढेको शेयर बजार चौथौ दिन दोहोरो अंकले घटेको छ ।

    साताको पहिलो दिन आइतबारदेखि दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक चौथो दिन बुधबार २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा डिएको हो ।

    यसदिन बजारमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । गत सोमबार मात्रै १० अंकले बढेर २१ सयको बिन्दुमाथि पुगेको परिसूचक आज २१ अंकले घटेर २१ सयको बिन्दुभन्दा तल झरेको हो ।

    आजको कारोबारमा समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर स्याङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

    बुधबार बजार पूँजीकरण ३२ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।


    बुधवार, माघ १७ २०८००४:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij