काठमाडौं। ललितपुरको बालकुमारीमा भएको घटनाबारे बयान लिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ । गत पुस १३ गते २ जनाको ज्यान जाने गरी भएको घटनाबारे बयान लिन बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो ।
ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो। बालकुमारी घटनाको अध्ययन गर्नका लागि पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयले जाँचबुझ आयोग गठन गरेको छ।
जाँचबुझ आयोग ऐन,२०२६को दफा ३को उपदफा २बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठन भएको छ। बयानमा ज्वालासँग आन्दोलन स्थलमा जानका कारण तथा अन्य समग्र पक्षको बारेमा बयान लिइने छ।