काठमाडौं । बलिउड अभिनेता सलमान खानको नाममा घोटाला भइरहेको छ ।
खानको प्रडक्शन हाउसले यसबारे अलर्ट गराउन नोटिस नै जारी गरेको छ । सलमान खान फिल्म्स (एसकेएफ)ले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो प्रोडक्शन हाउसको नामबाट अभिनेता र अभिनेत्रीहरूलाई आउन सक्ने फेक फोन कलबारे सतर्क गराएका थिए । अहिले आफूहरूले कुनै पनि फिल्मका लागि कास्टिङ नगरेको एसकेएफले भनेको छ । केही मान्छेले भ्रम फैलाइरहेको अनि यस्तो गर्ने विरुद्ध कडा कारबाही गर्न पनि भनिएको छ ।
एसकेएफको आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा अहिले कुनै फिल्मको कास्टिङ नभएको बताइएको छ । आफूले गर्दै नगरेको कास्टिङ गरिरहेको भन्दै अफवाह फैलिरहेको थाहा पाएपछि एसकेएफले विज्ञप्ति जारी गरेको थियो ।
यस मामिलामा सलमान खानको समेत नाम मुछिएको छ । अभिनेताको नाम गलत तरिकाले प्रयोग भएको पाएपछि उनको नाम बदनाम नहोस् भनेर उनको टिमले ट्विटरमा एड्भाइजरी जारी गर्दै यसबारे अलर्ट गराएका थिए ।