Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरीको ठूलो कित्ता शेयर कारोबार, झुम्मिए लगानीकर्ता

चन्द्रागिरीको ठूलो कित्ता शेयर कारोबार, झुम्मिए लगानीकर्ता

  • मंगलवार, माघ १६ २०८०

  • 1.7K
    SHARES

  • चन्द्रागिरीको ठूलो कित्ता शेयर कारोबार, झुम्मिए लगानीकर्ता

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक शेयरको लक इन पिरियड खुलेपछि पहिलोपल्ट ठूलो कित्ताको कारोबार भएको छ ।

    मंगलबारको कारोबारमा चन्द्रागिरीको ५० हजारको ठूलो कित्ता ८ सय ८० रुपैयाँ १० पैसामा ४ करोड ४० लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको अगुवाईमा स्थापना भएको चन्द्रागिरी हिल्समा मुख्य संस्थापकको शेयर पर्सनल ग्यारेन्टी (पीजी)मा रहेकाले ठूलो कित्ताको शेयर कारोबार हुन सकेको थिएन । प्रायः संस्थापक शेयरको लक इन पिरियड खुल्दा बजार मूल्य घट्ने गरेकोमा चन्द्रागिरीको हकमा भने सो दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन सर्किट लेभलमा कारोबार भएर मूल्य माथि गएको थियो ।

    लक इन पिरियड खुलेपछि इन्ट्रा डेमा चन्द्रागिरीको शेयरले ११ सय ४५ रुपैयाँमा उच्च मूल्य बनाएको थियो ।

     


    मंगलवार, माघ १६ २०८००३:०१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij