Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आजदेखि ६५ जिल्लामा केन्द्रित हुने

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आजदेखि ६५ जिल्लामा केन्द्रित हुने

  • मंगलवार, माघ १६ २०८०

  • 390
    SHARES

  • ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आजदेखि ६५ जिल्लामा केन्द्रित हुने

    काठमाडौं । ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आजदेखि ६५ जिल्लामा कांग्रेस वडा तहमा केन्द्रित हुने भएको छ । सांगठनिक सुदृढीकरणको लक्ष्य रहेको ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित अभियान यहि माघ २६ गते सञ्चालन हुनेछ ।

    १० हिमाली र दुई वटा भूकम्प प्रभावित जिल्लाबाहेक ६५ जिल्लाका सबै वडामा एकसाथ अभियान सुरु हुन लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । यस्तै अभियान नहुने हिमाली जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र दैलेख रहेका छन् ।

    भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पनि अभियान हुनेछैन । अभियानका लागि कांग्रेसले जिल्लामा केन्द्रीय प्रतिनिधि र त्यसबाहेक समन्वयका लागि केन्द्रबाट छुट्टै टोलीसमेत पठाएको छ । ‘अभियानका लागि हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा अभियान राखिएको छैन । अभियान हुने जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ ।


    मंगलवार, माघ १६ २०८००७:१६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij