Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मनिषासँगको भेटले दुर्गा प्रसाईं उत्साहित

मनिषासँगको भेटले दुर्गा प्रसाईं उत्साहित

  • आइतवार, माघ १४ २०८०

  • 1.3K
    SHARES

  • मनिषासँगको भेटले दुर्गा प्रसाईं उत्साहित

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई भेट गर्नुभएको छ । आइतबार दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो ।

    काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही देखिनुभएको छ । मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको उहाँको भनाइ छ ।

    बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । आफूसितको कुराकानीमा मनिषामा वैदिक सनातन धर्म संस्कृति, राष्ट्रियता र राजसंस्थाप्रतिको रुझान पाएको उहाँले बताउनुभयो ।


    आइतवार, माघ १४ २०८००५:२२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij