Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

  • आइतवार, माघ १४ २०८०

  • 441
    SHARES

  • निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

    काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाउनु भएको हो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गर्नुभएको हो।

    गत माघ ११ गते १९ सदस्यका लागि भएको राष्ट्रियसभा चुनावमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए।जसमा सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

     

     


    आइतवार, माघ १४ २०८००४:५७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij