Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘एक वर्षसम्म कर्णाली सरकारले माखो मार्न सकेन’ : एमाले

‘एक वर्षसम्म कर्णाली सरकारले माखो मार्न सकेन’ : एमाले

  • आइतवार, माघ १४ २०८०

  • 414
    SHARES

  • ‘एक वर्षसम्म कर्णाली सरकारले माखो मार्न सकेन’ :  एमाले

    काठमाडौं। प्रतिपक्षी नेकपा एमालेले कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको निष्कर्ष निकालेको छ। गत माघ १२ मा बसेको कर्णाली प्रदेशसभा संसदीय दलले सरकारको कार्यप्रगति शून्य र निराशाजनक रहेको निष्कर्ष निकालेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिनुभयो।

    उहाँले विकासप्रति जनताको आकांक्षा, कर्णालीको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नमिलेको टिप्पणी गर्नुभयो। नेता कँडेलले सरकारको गलत कामका कारण जनप्रतिनिधि र व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको बताउनुभयो।

    एमालेले योजना निर्माणमा प्रदेश सरकार अपारदर्शी रहेको र भ्रष्टाचार तथा कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा नै उद्धत भएको आरोप लगाएको छ। राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारले गत २७ पुसमा एक वर्ष पूरा गरेको थियो।


    आइतवार, माघ १४ २०८००३:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij