Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु, जनगुनासा सुनेर सुल्झाउने प्रयत्न (खास खबर)

आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु, जनगुनासा सुनेर सुल्झाउने प्रयत्न (खास खबर)

देशभरका ६ हजार ७ सय ४३ वटै वडासम्म उपस्थिति रहने
  • शनिवार, माघ १३ २०८०

  • 529
    SHARES

  • आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु, जनगुनासा सुनेर सुल्झाउने प्रयत्न (खास खबर)
    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ ।  कांग्रेसले ६ हजार ७ सय ४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको छ । पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिएका छन् । अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताउनुभयो । 
     
    अभियानले संविधानको भावनाअनुसार समुदायबीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने कांग्रेसले जनाएको छ । आजै पूर्वको झापाबाट कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वृक्षारोपण गरेर उद्घाटन समेत गर्नुभएको छ । यद्यपि थापाले पूर्वदेखि पश्चिमसम्म कांग्रेस नेता, कार्यकर्ताहरूसँग संवाद छलफल गर्नुहुनेछ । महामन्त्री थापाले झापामा बोल्दै अरूले समस्या देख्ने तर कांग्रेसले सुल्झाउने समय आएको बताउनुभयो । 
     
    अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गरिएको छ । अभियानका क्रममा वडाको पायक पर्ने ठाउँमा कम्तीमा एक पटक वडावासीसँग सार्वजनिक छलफल गर्ने र त्यसमार्फत जनताका अपेक्षा, गुनासा र सुझाव सुन्ने कार्यक्रम गर्नुपर्ने केन्द्रीय कार्यालयको परिपत्र छ । झापामै कार्यक्रमको शुभारम्भ गर्दै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको संवाद यात्रालाई सफलताको कामना गर्नुभएको थियो । साथै उहाँले आगामी प्रधानमन्त्रीका रुपमा गगनलाई नै अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
     
    अभियानका क्रममा हुने कार्यक्रममा आसन ग्रहण र भाषणका कार्यक्रम नहुने कांग्रेसको भनाइ छ । कांग्रेसले यही अभियान यसअघि पुसमै सञ्चालन गर्ने भने पनि राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर सभापति शेरबहादुर देउवाले स्थगित गर्न रुलिङ गर्नुभएको थियो । कांग्रेसमा गठबन्धन भन्दा पनि एक्लै निर्वाचन होमिनुपर्ने आवाज उठेको छ, तर सभापति देउवाको प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाका कारण सिंगो पार्टी अप्ठ्यारोमा पर्दै गएको देखिन्छ । 
     


    शनिवार, माघ १३ २०८००८:०२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij