काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले आज प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान र अध्यक्ष ओलीसँग आज दिउँसो बालकोट पुगेर हायानले भेटवार्ता गर्नुभएको हो।
भेटमा उहाँहरुबीच दुई देशको सम्बन्धसँगै द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको सचिवालयले जनाएको छ।
उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र)को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आउनु भएको हो। उहाँले आज अन्य दलका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।