काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघमा तिन २१ को संयोजन गर्ने भएको छ। माघ २१ बाट अलपत्र परेका विकास आयोजना निर्माणमा दबाब दिनका लागी पदयात्रा गर्ने तयारी गरेको रास्वपाले तिन २१ को संयोजन मिलाउने भएके हो।
जसअनुसार रास्वपाले २१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१को संयोजन सहित पदयात्रा प्रारम्भ गर्न लागेको छ। २२ माघबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने भएको हो।
यसअघि केन्द्रीय समिति बैठकले २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। पार्टीबाट गठित कार्यदलले सबै प्रदेशमा पर्ने गरी २१ वटा आयोजनामा दबाब दिने निर्णय लिएको हो।
जसअनुसार बागमतीका ४ आयोजना,कर्णालीका २ आयोजना र अन्य प्रदेशमा ३÷३हुने गरी विकास आयोजनामा दबाव यात्रा गर्ने तयारी रहेको रास्वपा सांसद एवं कार्यदल सदस्य शिशिर खनालले जानकारी दिनुभयो।