काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ।आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता खगराज भट्टको जिम्मेवारी खोसेर सांसद मान बहादुर धामीलाई नयाँ नेता चयन गरेको हो।
संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेको जानकारी दिनुभयो।अब माओवादीका मन्त्रीहरू पनि फेरबदल हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन्।
सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यक्षमता र दलका नेता भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित पत्र नै बुझाएका थिए।