Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै

कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै

  • शुक्रवार, माघ १२ २०८०

  • 483
    SHARES

  • कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ ।

    नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष माघ १२ गते स्थापना दिवस मनाउँदै आएको छ ।

    स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    पौडेका अनुसार स्थापना दिवसकै अवसरमा कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ ।


    शुक्रवार, माघ १२ २०८००८:५८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij