Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

 राष्ट्रिय सभाको निर्वाचन : मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

 राष्ट्रिय सभाको निर्वाचन : मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

  • बिहिवार, माघ ११ २०८०

  • 1.1K
    SHARES

  •  राष्ट्रिय सभाको निर्वाचन : मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित
    काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिनुभएको थियो। 
     
     
    कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाउनुभयो भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार हुनुहुन्थ्यो। जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।
     
    राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्मा मतदान सहभागी हुनभएन। मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।


    बिहिवार, माघ ११ २०८००४:४३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij