काठमाडौं । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गर्नुभएको छ ।
साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गर्नुभएको हो । व्यस्त भएका कारण भोट हाल्न नआउने उहाँले बताउनुभयो ।
राजधानी विराटनगरमा मतदान जारी रहेको छ । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताउनुभयो ।