Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रलाई संस्थागत गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री

गणतन्त्रलाई संस्थागत गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री

  • बिहिवार, माघ ११ २०८०

  • 395
    SHARES

  • गणतन्त्रलाई संस्थागत गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका र सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ ।

    बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाशीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

    पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताउनुभयो।

    प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको वताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याउनुभयो।

    उहाँले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताउनुभयो।


    बिहिवार, माघ ११ २०८००१:११:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij