Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु, साँझसम्म अन्तिम मतपरिणाम आउने

राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु, साँझसम्म अन्तिम मतपरिणाम आउने

  • बिहिवार, माघ ११ २०८०

  • 488
    SHARES

  • राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु,  साँझसम्म अन्तिम मतपरिणाम आउने

    काठमाडौं । आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

    अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

    निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

    मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।


    बिहिवार, माघ ११ २०८००९:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij