काठमाडौं । संघीय सरकारले कोरोना लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् ।
प्रदेश १, र लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन ।
गण्डकी प्रदेशले पनि संक्रमितको उपचार निःशुल्क रुपमा गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनुभयो ।
यसअघि जसरी उपचार भइरहेको छ त्यसैगरी अघि बढ्ने र शुल्क तिराउने लिने पक्षमा नरहेको उहाँले बताउनुभयो ।