Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै

  • बिहिवार, माघ ११ २०८०

  • 476
    SHARES

  • राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै

    काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

    आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज मतदान हुन लागेको हो । कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुईरदुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

    प्रदेशसभा सदस्यका लागि एउटा तथा पालिका प्रमुख र उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई–दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको हो ।


    राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५१ जना चुनावी मैदानमा छन् । मतगणना आजै सुरु हुने र राति अबेरसम्ममा मतपरिणाम आउने आयोगले जनाएको छ । 


    बिहिवार, माघ ११ २०८००७:१०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij