Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजार दोहोरो अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

  • बुधवार, माघ १० २०८०

  • 735
    SHARES

  • शेयर बजार दोहोरो अंकले घट्यो

    काठमाडौं । लगातार साताको चौथो दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।

    बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

    अघिल्लो दिन मात्रै ०.४० अंकले घटेको बजारमा ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो । शेयर बजारमा भएको गिरावटसंगै कारोबार रकम पनि खुम्चिएको छ । यस साताको सुरुवात नै दोहोरो अंकको गिरावटसंगै भएको थियो ।

    आजको कारोबारमा चन्द्रागिरी हिल्स र मिडसोलु हाइड्रोपावरको शेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने तेह्रथुम पावर कम्पनी लिमिटेड नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेको छ ।

    बुधबार बजार पूँजीकरण ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ ।


    बुधवार, माघ १० २०८००४:३३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij