Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र अर्थमन्त्रीसँग बजेट बढाउन आग्रह गर्दै सभामुख

प्रधानमन्त्री र अर्थमन्त्रीसँग बजेट बढाउन आग्रह गर्दै सभामुख

  • बुधवार, माघ १० २०८०

  • 538
    SHARES

  • प्रधानमन्त्री र अर्थमन्त्रीसँग बजेट बढाउन आग्रह गर्दै सभामुख

    काठमाडौं। प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सामूहिक रुपमा भेटेर संसदको बजेट बढाउन आग्रह गर्नुहुने भएको छ।

    आज सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका हुन्। यही निष्कर्षसहित सभामुखले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेरै यस सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय भएको हो।

    गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको थियो। आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयको आकलन छ।

    बजेट सिलिङको तयारी भइरहेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेटको आकार बढाउन आग्रह गर्न लागिएको हो।तर सभामुखले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने मिति र समय भने तय भइसकेको छैन।


    बुधवार, माघ १० २०८००३:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij