Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क उपचार यथावत : मुख्यमन्त्री पोखरेल

लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क उपचार यथावत : मुख्यमन्त्री पोखरेल

  • मंगलवार, कार्तिक ४ २०७७

  • 664
    SHARES

  • लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क उपचार यथावत : मुख्यमन्त्री पोखरेल

    काठमाडौं । संघीय सरकारले कोरोना लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् ।

    प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका संक्रमितको निःशुल्क उपचार जारी रहेको बताउनुभएको छ ।

    ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

     

     

    यस्तै प्रदेश १ सरकारलेपनि संक्रमितको उपचार खर्च निरन्तर निशुल्क गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस संक्रमितको उपचार खर्च प्रदेश सरकारले निरन्तर बेहोर्ने बताउनुभएको हो ।

     

     

     

     

     


    मंगलवार, कार्तिक ४ २०७७०७:१३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij