Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पूर्वपश्चिम ‘संवाद यात्रा’मा निस्किँदै गगन थापा

पूर्वपश्चिम ‘संवाद यात्रा’मा निस्किँदै गगन थापा

  • मंगलवार, माघ ९ २०८०

  • 522
    SHARES

  • पूर्वपश्चिम ‘संवाद यात्रा’मा निस्किँदै गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ गर्ने तयारी गर्नुभएको छ। महामन्त्री थापाले कांग्रेसले १२ माघदेखि सुरु गर्न लागेको समुदायमा कांग्रेस अभियानअन्तर्गत यही माघ १३ देखि २६ सम्म पूर्वपश्चिम (पूर्वको झापादेखि पश्चिम कञ्चनपुर)सम्म संवाद यात्रा गने तयारी गर्नुभएको हो।

    त्यही अभियान अन्तर्गत थापाले १३ माघमा झापाको भद्रपुर वडा नं.५ मेचीपुल भन्सारबाट सुरु गरी हुलाकी राजमार्ग वरपरका क्षेत्रमा रहेका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उहाँले जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, ‘अब तपाईँसँग मेरो भेट तपाईँकै गाउँमा, तपाईंकै ठाउँमा! समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नं.५ मेचीपुल भन्सारबाट तपाईँसंगको संवाद यात्रामा हुनेछु।’

    संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम गर्ने महामन्त्री थापाको तयारी छ। यात्राका क्रममा पर्ने सबैजसो वडा स्तरमा कार्यक्रम हुने भएपनि औपचारिक कार्यक्रम भने नगरिने बताउनु भयो ।

    थापाले संवाद यात्राको कार्यक्रम विहान ७ देखि ९ बजेसम्मका लागि तय गर्नुभएको छ। एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने महामन्त्री थापाले तयारी गर्नुभएको छ।


    मंगलवार, माघ ९ २०८००७:०९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij