Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जनमत पार्टी मधेश सरकारबाट बाहिरियो

जनमत पार्टी मधेश सरकारबाट बाहिरियो

  • मंगलवार, माघ ९ २०८०

  • 924
    SHARES

  • जनमत पार्टी मधेश सरकारबाट बाहिरियो

    काठमाडौं। मधेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएका महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री बन्नुभएका चन्दन सिंहले आज राजीनामा दिनुभएको हो।

    आज जनमतको मधेश संसदीय दलको बैठकले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो। यादव जनता समाजवादी पार्टीका जसपाबाट मुख्यमन्त्री बन्नुभएको हो।

    सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिनुभयो।

    aaaaa.jpg


    मंगलवार, माघ ९ २०८००५:५०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij