Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी

अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी

  • मंगलवार, कार्तिक ४ २०७७

  • 991
    SHARES

  • अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
    काठमाडौं । साझा पार्टीले अति बिपन्न नागरिकहरुलाई दशैं मनाउन राहत सहयोग हेतु साझा मुठ्ठीदान अभियानलाई तिब्रता दिएको छ। सरकारलाई दबाबस्वरुप खाना वितरण कार्यक्रम गरेर विपक्षी मोर्चामा सकृय खबरदारी गरिरहेको साझाले मुठ्ठीदान संकलन गरी बिपन्नहरुको चुल्हो बाल्ने प्रयास गरेको नेता समीक्षा बाँस्कोटाको भनाई छ।
     
    'यो एउटा अर्थपूर्ण सांकेतिक अभियान हो, राज्यको आँखा नपुगेको ठाँउमा हामीले सम्झाईदिएका मात्रै हौ, बाँस्कोटाको भनाई छ। 'कोरोना कहरलाई नियन्त्रण गर्न जारी लकडाउनले तन्नम गरिबीको रेखामुनी रहेका ज्याला मजदुर, अति बिपन्नहरु जसलाई दैनिक छाक जुटाउन पनि गाह्रो भइरहेको छ उनीहरुको मुहारमा अलिकति खुशी ल्याउने यो साझा प्रयास मुलत: सरकारलाई राहतको लागि दबाब दिने एउटा सकारात्मक पहल मात्रै हो। 'साझा पार्टीका नेता प्रकाशचन्द्र परियारको प्रतिकृया छ ।
     
    साझा पार्टीले पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु,सिन्धुपाल्चोक,बुटवल लगायतका विभिन्न स्थानमा यो अभियान जारी राखेको छ। कल्याणकारी लोकतन्त्रको वकालत गर्दै आएको साझा पार्टी वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेकोछ।


    मंगलवार, कार्तिक ४ २०७७०२:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij