Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन : कोसीमा एमाले र राप्रपाको गठबन्धन

राष्ट्रियसभा निर्वाचन : कोसीमा एमाले र राप्रपाको गठबन्धन

  • सोमवार, माघ ८ २०८०

  • 730
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : कोसीमा एमाले र राप्रपाको गठबन्धन

    काठमाडौं।आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागी कोसी प्रदेशमा हुने निर्वाचनमा प्रतिपक्षी दलहरु नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तालमेल गर्ने भएका छन्।

    आगामी माघ ११ गते हुन लागेको निर्वाचनका लागी दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको हो। सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ भने राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालालाई सघाउनेछ।

    एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो। कोसीमा सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई र महिलातर्फ नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई उमेदवार बनाएको छ।

     


    सोमवार, माघ ८ २०८००३:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij