काठमाडौं।नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएका चिकित्सक शम्वुद्ध भट्टाचार्य पक्राउ परेका छन्।आज उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरेको हो।
उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।
उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेर जागिर खाएको प्रहरीको भनाइ छ ।