Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एक युवकको हत्या अभियोगमा पञ्चा सिंहलगायत ६ जनालाई प्रहरी खोज्दै

एक युवकको हत्या अभियोगमा पञ्चा सिंहलगायत ६ जनालाई प्रहरी खोज्दै

  • आइतवार, माघ ७ २०८०

  • 4.5K
    SHARES

  • एक युवकको हत्या अभियोगमा पञ्चा सिंहलगायत ६ जनालाई प्रहरी खोज्दै

    काठमाडौं । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो ।

    खड्काले भन्नुभयो, ‘अदालतबाट पक्राउको अनुमति पाइसकेका छौं । निजहरूको खोजी गर्दैछौं ।’

    सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिनुभएको थियो ।

     


    आइतवार, माघ ७ २०८००६:०३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij