Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा रुसी जहाज दुर्घटना

अफगानिस्तानमा रुसी जहाज दुर्घटना

  • आइतवार, माघ ७ २०८०

  • 1.5K
    SHARES

  • अफगानिस्तानमा रुसी जहाज दुर्घटना

    काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ ।

    रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

    रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।

    त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।

    रुसका अधिकारीहरुले बताए अनुसार आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो । त्यसमा ६ जना थिए ।

    अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको बताएका थिए ।


    आइतवार, माघ ७ २०८००३:४१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij