Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकार सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभावमा लागेको छ : ज्ञवाली

सरकार सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभावमा लागेको छ : ज्ञवाली

  • आइतवार, माघ ७ २०८०

  • 664
    SHARES

  • सरकार सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभावमा लागेको छ :  ज्ञवाली

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

    विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको ज्ञवालीको भनाइ छ ।

    प्रेस चौतारी चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भन्न्ुभयो, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

    भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उहाँको भनाइ थियो ।

    भारतले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा विद्युत निकाल्ने नाममा कब्जा गरेको भन्दै पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘२५ वर्षदेखि भारतले पञ्चेश्वर होल्ड गरेर राखेको छ, त्यसको काम किन भएन भनेर सरकारले सोध्न सक्दैन, उल्टै हरेक पटक भारतलाई दुई–तीन वटा खोला सुम्पिएर आउँछ यसले राम्रो सन्देश दिएको छैन ।’

    भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ ।




    आइतवार, माघ ७ २०८०१२:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij