Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

  • आइतवार, माघ ७ २०८०

  • 363
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनुभएको छ ।

    युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आज बिहान प्रधानमन्त्री स्वदेश फर्किनु भएको हो । उहाँ माघ ४ गते राति युगाण्डा प्रस्थान गर्नुभएको थियो ।

    सम्मेलनमा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताउनुभएको थियो ।

    प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गर्नुभएको थियो ।


    आइतवार, माघ ७ २०८००९:५९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij