काठमाडौं। प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको आह्वानमा सबै विषयगत समितिका सभापतिहरुको बैठक आज बस्दै छ । सभामुख घिमिरेले आज बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाउनु भएको हो।
सभामुखले छलफलको विषयबारे भने जानकारी गराउनुभएको छैन । उहाँले छलफलको विषय जानकारी नदिएपनि समितिको काम कारबाही र गतिविधिबारे जानकारी लिन खोजेको अनुमान गरिएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताउनुभो ।
घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ। यससम्बन्धमा पनि केही छलफल र विस्तृतिकरण हुन सक्ने उहाँको अनुमान छ।