Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सरकारलाई सुझाव र दवाव दिन सर्वदलीय बैठक बोलाउ : काँग्रेस महामन्त्री खड्का

सरकारलाई सुझाव र दवाव दिन सर्वदलीय बैठक बोलाउ : काँग्रेस महामन्त्री खड्का

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.3K
    SHARES

  • सरकारलाई सुझाव र दवाव दिन सर्वदलीय बैठक बोलाउ : काँग्रेस महामन्त्री खड्का

    काठमाडौं । महामारी नियन्त्रण असफल सरकार गैरजिम्मेबार ढंगले प्रस्तुत भइरहेका बेला सरकारलाई जिम्मेबार बनाउन नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वदलीय बैठकको माग गर्नुभएको छ ।

    सर्वदलीय बैठक मार्फत् सरकारलाई दवाव दिने तथा खवरदारी गर्ने सहयोगको आवश्यकता परेको ठाउँमा सहयोग गर्न तयार रहेको बताउन पनि सर्वदलीय बैठकको आवश्यकता रहेको उहाँको भनाई छ ।

    उहाँले कोरोना महामारीको देशभरी डरलाग्दो विस्तार भइरहेपनि सरकार भने अकर्मण्य र लाचार भइरहेको आरोप लगाउनु भएको छ ।
    महामन्त्री खड्काले जनतालाई जोगाउन समस्याको समाधान खोज्नेगरी प्रमुख प्रतिपक्षी दल र संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाउनु पर्नेमा जोड दिनुभएको हो ।

    उहाँले सर्वदलीय बैठक बोलाउनका लागि काँग्रेसको संसदीय दलले माग गर्नुपर्ने सुझाव पनि दिनुभएको छ । चाडबाडको बेला कोरोना भाइरसको संक्रमण थप फैलिने खतरा अझ बढी रहेकाले त्यस तर्फ सतर्कता अप्नाउने तर्फ पनि सरकार र सम्वन्धीत निकायहरुको ध्यान जानु पर्नेमा उहाँको जोड छ ।

    कोरोना संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने, वेहोस हुन लागेपछि मात्रै अस्पताल जानुपर्नेजस्ता सरकारको निर्णयका कारण पछिल्लो समय सरकार गैरजिम्मेबार भएको र कोरोना महामारी नियन्त्रण गर्ने जिम्मेबारीबाट हात उठाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

    नेकपाका पूर्णकालिन कार्यकर्ताहरुले समेत सरकारका धेरै निर्णय तथा कमदप्रति चरम असन्तुष्टि जनाउदै आपत्ती जनाउन थालेका छन् ।
    उनीहरुले सरकारले गर्नै पर्ने र गर्न सकिने कामहरुबाट समेत पछाडी हटेको भन्दै जिम्मेबारीबाट नभाग्न आफैले निर्वाचित गरेको सरकारलाई अपिल समेत गरेका छन् ।


    मंगलवार, कार्तिक ४ २०७७०८:१९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij