काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा राप्रपाले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनले अन्य दलका नेताहरुलाई घुँडा टेकाएर छाड्ने दाबी गर्नुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित राप्रपाको विस्तारित भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आन्दोलनका लागि तयारी अवस्थामा रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिदैं आन्दोलनबाट अन्य पार्टी र तिनका नेताहरुलाई घुँडा टेकाएरै छाड्नुपर्ने बताउनुभएको हो।
उहाँले आन्दोलनलाई निर्णयमा पु¥याएर मात्र टुंग्याउने उद्योष गर्दै भन्नुभयो,‘देशका प्रत्येक नागरिकले खोजेको परिवर्तन हामीले उठाउनु पर्छ। हाम्रो आन्दोलनले नागरिकको आवाज बोक्छ। १०/२० हजार मान्छे मात्र भए भने हाम्रो पार्टीको प्रचार भो भनौंला। तर, लाखौं मान्छेले काठमाडौँ घेरे भने के सरकारले हामीलाई गोली हान्छ?’ पार्टीले गर्ने आन्दोलनले अन्य पार्टीहरूलाई कि सच्याउने कि सिध्याउने दाबी गर्नुभयो ।