Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेसले आँफैले गरेका कामको पनि प्रचार गर्न सकेन’ : उपप्रधानमन्त्री खडका

‘कांग्रेसले आँफैले गरेका कामको पनि प्रचार गर्न सकेन’ : उपप्रधानमन्त्री खडका

  • शनिवार, माघ ६ २०८०

  • 447
    SHARES

  • ‘कांग्रेसले आँफैले गरेका कामको पनि प्रचार गर्न सकेन’ : उपप्रधानमन्त्री खडका

    काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पुर्णबहादुर खडकाले नेपाली कांग्रेसले देशमा आँफुले नै गरेको बिकास निर्माणका राम्रा कामकोसमेत प्रचार गर्न नसकेको बताउनु भएको छ।

    पूर्वी नवलपरासीमा गैँडाकोटमा नेपाली कांग्रेसले गरेको तीन दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापतिसमेत रहनुभएका उपप्रधान एवम् रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो।

    उपसभापति खड्काले कांग्रेस नेतृत्वको सरकारले २०४६ सालपछि संविधान सबलीकरणमा गरेको महत्वपुर्ण काम र देशको विकास निर्माणमा गरेको कामबारे जनतामा प्रचार हुन नसकेको बताउनुभयो।

    उहाँले भन्नुृभयो, ’हामीले थुप्रै काम गरेका छौँ। तर जनतामा प्रचार गर्ने कांग्रेसको मेकानिजम छैन, यसले जनतामा निराशा छाएको छ। कांग्रेस काम गर्छ,गरेकै कामको प्रचार गर्दैन, हाम्रा राम्रा कामको प्रचार गर्न नसक्दा जनतामा कांग्रेसले के ग¥यो र ? भन्ने भ्रम परेको छ। यसले जनतामा निराशा छाएको छ।’

    पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वकाल सफल रहेको दाबी गर्दै उहाँले भन्नुभयो, ’शेरबहादुरजी कै सभापतित्व कालमा भएका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस देशको पहिलो पार्टी भएको तथ्य भुल्न हुदैन ।’


    शनिवार, माघ ६ २०८००३:१६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij