Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘सहकारी खोल्न लाईसेन्स दिने सरकारले पीडितको पैसा पनि तिर्नुपर्छ’ : रवि लामिछाने

‘सहकारी खोल्न लाईसेन्स दिने सरकारले पीडितको पैसा पनि तिर्नुपर्छ’ : रवि लामिछाने

  • शनिवार, माघ ६ २०८०

  • 513
    SHARES

  • ‘सहकारी खोल्न लाईसेन्स दिने सरकारले पीडितको पैसा पनि तिर्नुपर्छ’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले नै तिर्नुपर्ने बताउनु भएको छ। आज चितवनमा सहकारी पीडितहरुसँग अन्तरकृया गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले सहकारी खोल्न लाईसेन्स दिने सरकारले सहकारी पीडितलाई पैसा पनि तिर्नुपर्ने बताउनु भएको हो।

    उहाँले सरकारले सहकारीका सदस्यहरुलाई मर्का पर्दा बेवास्ता गरेर बस्न नमिल्ने बताउनु भएको हो। आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नै नभएको दाबी गर्नुभयो। सभापति लामिछानेले आँफु सधैं सहकारी पीडितहरुको पक्षमा रहेको बताउनुभयो।

    टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको उहाँको जिकिर थियो।

    यो समस्या चितवनका सहकारी पीडितको मात्र नभएर देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा.स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो ।


    शनिवार, माघ ६ २०८००२:५३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij