Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

रुस युक्रेन युद्धमा मारिएकाको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय हो: भट्टराई

रुस युक्रेन युद्धमा मारिएकाको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय हो: भट्टराई

  • शनिवार, माघ ६ २०८०

  • 345
    SHARES

  • रुस युक्रेन युद्धमा मारिएकाको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय हो: भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताउनुभएको छ ।

    आज सामाजिक सञ्जालमा डा. भट्टराईले रोजगारीको खोजीमा युवाहरू रुस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय भएको भन्दै दुखेसो पोख्नुभएको छ ।

    बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा सरकारले एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी पर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ ।

    नत्र समयले कसैलाई नपर्खने डा भट्टराईको भनाइ छ ।


    शनिवार, माघ ६ २०८०१०:४३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij