काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले असंलग्न राष्ट्रहरुको आन्दोलन(नाम)को उन्नाइसौं सम्मेलनमा सहभागीता जनाउनु भएको छ। युगाण्डामा जारी उक्त सम्मेलनमा आज प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधी मण्डलले सम्मेलनमा सहभागीता जनाएको हो।
सम्मेलनमा भाग लिन हिजो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला पुगेको हो। प्रधानमन्त्री प्रचण्डले अबको केहीबेरमा नामको सम्मेलनमा सम्बोधन गर्नुहुने छ।
सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले आजै युगाण्डामा रहेका नेपालीहरुसँग पनि भेट गर्नुभएको छ। भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको र त्यहाँ रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो।
सम्मेलनमा सहभागीतासँगै प्रधानमन्त्री प्रचण्डले त्यहा उपस्थित विभिन्न देशका प्रतिनिधीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका तय छ।