Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थाइल्याण्डको अदालतद्वारा राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय

थाइल्याण्डको अदालतद्वारा राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय

  • शुक्रवार, माघ ५ २०८०

  • 623
    SHARES

  • थाइल्याण्डको अदालतद्वारा राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय

    काठमाडौं । थाइल्याण्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ ।

    ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो ।

    थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्‍याएको हो ।

    थाइल्याण्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने ुलिज म्याजस्टीु कानुन कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुनः लागू गरिएको हो । थाइल्याण्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

    उक्त आन्दोलनलाई हेर्दै यस कानुनको प्रयोग बढाइएको छ । सन् २०२० यता २५० भन्दा बढी अभियन्तालाई लिज म्याजस्टी कानुनअन्तर्गत कारबाही गरिएको छ ।


    शुक्रवार, माघ ५ २०८००२:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij