Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नेपालीले उठाएका आप्रवासन समस्या चाँडै हल हुन्छन्: प्रधानमन्त्री प्रचण्ड

नेपालीले उठाएका आप्रवासन समस्या चाँडै हल हुन्छन्: प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, माघ ५ २०८०

  • 378
    SHARES

  • नेपालीले उठाएका आप्रवासन समस्या चाँडै हल हुन्छन्: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया गर्नुभएको छ । यो क्रममा उहाँले नेपालीले उठाएका आप्रवासन समस्या चाँडै हल गर्ने आश्वासन दिदिनुभएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गर्नुभयो । गैरआवासीय नेपाली संघ युगाण्डाकी अध्यक्ष रमा अर्यालले देशका प्रधानमन्त्रीलगायतका नेतासँग भेट्न पाउँदा अत्यन्तै खुशी भएको धारणा राख्नुभयो ।

    कार्यक्रममा गैरआवासीय संघका संरक्षक रमेश कँडेलले युगाण्डामा ३५० भन्दा बढी नेपाली रहेको जानकारी दिनुभयो । उहाँले तीन दशकयता वर्षदेखि नेपालीले युगाण्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

     


    शुक्रवार, माघ ५ २०८०१०:१०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij