Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

  • बिहिवार, माघ ४ २०८०

  • 493
    SHARES

  • कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल
    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको पछिल्लो सुरक्षास्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।
     
    बिहीबार(आज) उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षास्थिति बारे छलफल गर्नुभएको हो ।
     
    रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
     
    त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिनुभयो। 
     
    साथै उहाँले सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। सो अवसरमा उहाँले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिनुभयो। 
     
    उक्त अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए पनि विभिन्न तरिकाले संचालित गतिविधिहरूलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो। 
     
    बैठकमा मुलुकको समग्र शान्ति सुरक्षा बारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नु पर्ने कदमहरूबारे छलफल गरिएको थियो।


    बिहिवार, माघ ४ २०८००७:००:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij