Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘निर्णयक आन्दोलनको तयारीमा जुट्नुस्’ : केपी ओली

‘निर्णयक आन्दोलनको तयारीमा जुट्नुस्’ : केपी ओली

  • बिहिवार, माघ ४ २०८०

  • 718
    SHARES

  • ‘निर्णयक आन्दोलनको तयारीमा जुट्नुस्’ : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन लागेकोले आन्दोलनको तयारीमा रहन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।

    आज एमाले निकट खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै अध्यक्ष ओलीले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बेला आएको भन्दै यस्तो निर्देशन दिनुभएको हो।

    उहाँले भन्नुभयो,‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ, देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न, आन्दोलनको तयारीमा जुट्नुस्।’ अध्यक्ष ओलीले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बेला आएको बताउनुभयो ।

    उहाँले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गर्दै भन्नुभयो, ‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ, पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार रहनुस् ।’

    ओलीले थप्नुभयो, ‘छोटो ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ, उनीहरुले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्छन्।’


    बिहिवार, माघ ४ २०८००३:१६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij