काठमाडौं। कृषि तथा पशुन्पक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषिमा रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
मन्त्री भुसालले रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक रहेको भन्दै रैथाने बाली र पशुपन्क्षीहरुको पनि संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले रैथाने बालीहरूको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको जानकारी दिनुभयो। उहाँले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न सङ्कट निम्तिने बताउनुभयो। उहाँले खाद्य सङ्कट र रैथाने बालीको सङ्कटको समाधान गर्नुपर्ने बेला आइसकेको बताउनुभयो ।