Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अबको १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुनेछः उर्जामन्त्री

अबको १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुनेछः उर्जामन्त्री

  • बिहिवार, माघ ४ २०८०

  • 441
    SHARES

  • अबको १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुनेछः उर्जामन्त्री

    काठमाडौं। उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने दाबी गर्नुभएको छ।

    स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै आज उर्जामन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने बताउँदै यस्तो दाबी गर्दै गर्नुभएको हो ।

    उहाँले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्षभित्रमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्नसक्ने भन्दै सरकार पनि सोही लक्ष्यअनुसार अघि बढीरहेको बताउनुभयो।

    उहाँले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको जिकिरसमेत गर्नुभयो।


    बिहिवार, माघ ४ २०८००१:५४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij