Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

  • बिहिवार, माघ ४ २०८०

  • 298
    SHARES

  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा गएपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

    असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेपनि रक्षामन्त्री खड्काले सरकारको नेतृत्वको जिम्मेवारी पाउनुभएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोक्नुभएको छ ।

    राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य मन्त्री खड्काले सम्हाल्ने’ उल्लेख छ।

     


    बिहिवार, माघ ४ २०८०१०:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij