Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ गठबन्धन दलभित्र मतभेद चुलिँदै, राष्ट्रियसभाको सिट बाँडफाँटमा तालमेल नमिल्दा असन्तुष्टि (खास खबर)

सत्तारुढ गठबन्धन दलभित्र मतभेद चुलिँदै, राष्ट्रियसभाको सिट बाँडफाँटमा तालमेल नमिल्दा असन्तुष्टि (खास खबर)

आआफ्नै पार्टीमा पनि दबाब
  • बुधवार, माघ ३ २०८०

  • 521
    SHARES

  • सत्तारुढ गठबन्धन दलभित्र मतभेद चुलिँदै, राष्ट्रियसभाको सिट बाँडफाँटमा तालमेल नमिल्दा असन्तुष्टि (खास खबर)
    काठमाडौं । सत्तारुढ गठबन्धन दलभित्र मतभेद शुरु भएको टिप्पणी हुन थालेको छ । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा सिट बाँडफाँटमा तालमेल नमिल्दा केही असन्तुष्टि चुलिएको सत्तासाझेदार दलकै नेताहरू बताउने गरेका छन् । विशेष गरी नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा पाएको दुई सिटमा चित्त दुखाएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले यो गठबन्धनबाट बाहिरिनुपर्ने आवाज उठाउनुभएको छ । तर, अन्य नेताहरू भने  तत्कालै यो निर्णय लिन नहुने पक्षमा लागेका छन् । पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले महाधिवेशनपछि मात्रै सरकारका विषयमा सोच्न सकिने बताउनुभएको छ । असन्तुष्टिका बीच पनि केही समय हेर र पर्खको अवस्था रहेको उहाँको भनाइ छ । 
     
    सत्तासाझेदार दलभित्रको ठूलो पार्टी नेपाली कांग्रेसलाई पनि गठबन्धन टिकाउनुपर्ने बाध्यताका बीच चुनौती थपिँदै गएको छ । पार्टीबाट सरकारमा पठाएका मन्त्रीहरूले राम्रो डेलिभरी दिन नसकेको विषयमा समेत विवाद छ । कांग्रेस नेता रामहरि खतिवडाले हालको गठबन्धनभित्रका दलहरूले चित्त दुखाउनुपर्ने अवस्था नरहेको बताउनुभयो । 
     
    नेकपा एमालेले गठबन्धनलाई जसरी भएपनि भत्काउने रणनीति अख्तियार गरेको छ । राष्ट्रियसभा निर्वाचनमै एमालेलाई मिलाएर लैजाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अन्ततः फेल भएको थियो । अहिलेपनि प्रधानमन्त्री प्रचण्ड शक्ति सन्तुलनका निम्ति विभिन्न कसरत गरिरहनुभएको छ । माओवादी केन्द्रका सचिव गणेश शाहका अनुसार संविधानले निर्दिष्ट गरेको परिकल्पनाका आधारमा गठबन्धन आवश्यक छ । हालका प्रधानमन्त्री प्रचण्डले सबै दललाई मिलाएर लैजाने कौशलता राखेको उहाँको दाबी छ । 
     
    अहिलेको व्यवस्थाले एकै दलको बहुमत आएर सरकार बन्ने सम्भावना कम देखिन्छ । नेपालमा विद्यामान विभिन्न दल र स्वतन्त्रबाट निर्वाचन जितेर आएका सांसदहरूलाई समेत समेटेर सरकार निर्माण गर्नुपर्ने बाध्यता रहेको छ । अहिलेको अवस्थामा सबै दलहरू मिलेर मुलुकलाई निकास दिन आवश्यक देखिन्छ । राजनीतिक रोटी सेक्नका लागि गरिने प्रोपोगाण्डा भन्दापनि विकास र समृद्धिको नारालाई व्यवहारमा उर्तान जरुरी छ ।
     


    बुधवार, माघ ३ २०८००७:४६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij