Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

  • सोमवार, कार्तिक ३ २०७७

  • 1.0K
    SHARES

  • कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी निुभयो ।

    त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताउनुभयो । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिनुभएको थियो ।

    दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले जानकारी दिनुभयो । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।

    संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नपर्ने सांसदहरुबाट नै आवाज उठेपछि संसदीयले संस्थागत निर्णय गर्न लागेको हो ।

    संस्थागत रूपमै फिर्ता गर्ने नेकपाको पनि तयारी

    सत्तारुढ नेकपा संसदीय दलले पनि संस्थागत निर्णय गरेरै सांसदहरूको दशैं भत्ता फिर्ताको तयारी गरेको छ । राष्ट्रिय सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले संस्थागत रूपमै निर्णय गरेर भत्ता फिर्ताको तयारी भइरहेको जानकारी दिनुभयो ।

    सांसदहरूले दशैं भत्ता बुझेकोबारे मिडिया सामाजिक संजालमा चर्को आलोचना भएपछ हिजो केही सांसदले भत्ता फिर्ता गरिसकेका छन् । जनता समाजवादी पार्टीका सांसदहरूले पनि भत्ता फिर्ताबारे छलफल शुरू गरेका छन् ।


    सोमवार, कार्तिक ३ २०७७०३:१०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij